मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ स्थगित
- भदौ ११, २०७८
- 0
मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ स्थगित भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको थियो ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम उक्त मुद्दामा सुनुवाइ हुन नसकेको जानकारी दिए ।
२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि शुक्रबारका लागि पेशी तोकिएको थियो । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई २०७६ असोज २६ मा पक्राउ गरिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







