महाकालीमा बेपत्ता धामीको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय

news-details

सरकारले दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको ब्यास गाउँपालिकाका धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोननीसिंह प्रधानलाई नियुक्त गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया