उपत्यकामा ७४५ सहित देशभर थपिए २४८२ जना संक्रमित, एकैदिन १७८१ निको हुदा ४४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७४५ सहित देशभर थप २४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ३४ हजार ४५० जना पुगेको छ ।

९ हजार ७११ जनामा पीसीआर परीक्षण गर्दा १८६२ र ५५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५१५, ललितपुरका ८८ र भक्तपुरका १४२ जना गरी ७४५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७८१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०६१२ पुगेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया