निर्वाचन आयोगमा नेपाल समूह र ठाकुर समूहका केन्द्रीय सदस्य र सांसदहरुको सनाखत सम्पन्न

news-details

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी तथा हन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुको सनाखत गरेको छ ।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट ५५ जना केन्द्रीय सदस्यले र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेका छन ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे नै चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सामूहिकरुपमा नै आयोग पुगेका थिए ।

एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ बजेसम्मको समय तोकिएको थियो ।

दुवै दलका केन्द्रीय सदस्य तथा सांसदका लागि अलग(अलग हस्ताक्षर गर्ने व्यवस्था गरिएको थियो ।

आयोग सचिवालयका अधिकारीहरुको रोहवरमा सनाखत गरिएपछि यसको प्रतिवेदन आयोग समक्ष आजै बुझाइने जानकारी प्रवक्ता राजकुमार श्रेष्ठले दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया