काठमाडौंमा आजबाट १८ वर्ष माथिका विद्यार्थी र ४० वर्षमाथिकालाई कोरोना खोप लगाउन सुरु

news-details

काठमाडौंमा  विद्यार्थीहरु र ४० वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने भएको छ ।

काठमाडौंमा आज (शुक्रबार) बाट १८ वर्ष माथिका विद्यार्थीहरु र ४० वर्षमाथिकाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउन पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरु र ४० वर्षमाथिकाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका हुन् ।

यस खोप अभियान यही भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

विद्यार्थीहरुका लागि तोकिएको खोपकेन्द्र

-सशस्त्र प्रहरी अस्पताल–बलम्बु,

-वीरेन्द्र सैनिक अस्पताल–छाउनी,

-राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी,

-नेपाल प्रहरी अस्पताल–महाराजगञ्ज

-वीर अस्पताल–रत्नपार्क,

-निजामति कर्मचारी अस्पताल–वानेश्वर,

-परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली,

-शिक्षण अस्पताल–महाराजगञ्ज

४० वर्षमाथिका नागरिकका लागि तोकिएको खोपकेन्द्र

-विद्यार्थीहरुका लागि तोकिएको खोपकेन्द्रसहित

-काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र

-अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया