पहिरोले घर बगाउदा रसुवामा एकै परिवारका ३ को मृत्यु, १ बेपत्ता
- भदौ ३, २०७८
- 0
रसुवामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान आएको पहिरोले नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानकी श्रीमती, छोरा र छोरीको मृत्यु भएको हो ।
त्यस्तैगरी अर्का एक बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । श्यामबहादुरकी श्रीमती ३२ वर्षीय कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षकी छोरा सुकुमाया र ७ वर्षीय छोरा आषिस पुरिएका थिए ।
जसमा ३ जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घाइते अवस्थामा फेला परेको श्यामबहादुरको उद्धार गरि उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीको भनाइ छ ।
बिहान पहिरोले श्यामबहादुरको घर बगाएको भन्ने थाहा पाएपछि स्थानीय घटनास्थल पुगेका थिए । त्यसपछि प्रहरीको टोली आएर श्यामबहादुरको उद्धार गरेको हो । पहिरो पन्छ्याएर खोजी गर्दा ३ को शव फेला परेको प्रहरीको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







