राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष एवं सविधानसभा सदस्य शेरचनको कोरोनाबाट निधन
- भदौ ३, २०७८
- 0
राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेनद्र शेरचनको निधन भएको छ । उहाँको कोरोना संक्रमणबाट बुधबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो ।
पब्लिकेशनको संस्थापक अध्यक्षसमेत रहनुभएका शेरचन मिडिया सञ्चालकक संस्था मिडिया अलाइन्सको उपाध्यक्ष पनि हुनुहुन्थ्यो । नेपाली संचार क्षेत्रमा उहाँको ठूलो योगदान अतुलनीय मानिदै आएको छ ।
शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटी अध्यक्षमा रहेर पनि काम गर्नु भएको थियो । त्यस्तैगरी उहाँ हाल विज्ञापन बोर्डका सदस्यसमेत रहनु भएको थियो भने बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्षका पनि हुनुहुन्थ्यो । त्यति मात्रै नभइ उहाँ संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।
उहाँको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिने पारिवारीक श्रोतले बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







