२४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरि, पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया