अफगानिस्तानबाट नेपालीको उद्धार जारी, आज विहान थप ८७ नेपाली काठमाडौं आइपुगे
- भदौ २, २०७८
- 0
अफगानिस्तानमा अलपत्र परेका थप ८७ नेपालीलाई सरकारले आज काठमाडौं ल्याएको छ ।
कतार एयरवेजबाट उनिहरुलाई काठमाडौं ल्याइएको हो । थप नेपालीको उद्धार गरी सबै नेपालीलाई स्वदेश ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि अफगानिस्तानबाट उद्धार भई १२७ जना नेपाली स्वदेश आइपुगेका छन् ।
सरकारले सम्बन्धित कार्यालयमा कार्यरत नेपालीलाइ उद्दार गरिदिन विभिन्न देशलाई अपिलगरेसँगै अमेरिकी दूताबासमा कार्यरत एक सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाल आइपुगेका नेपालीहरुलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन केन्द्रमा राखेको छ ।
अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीको सन्दर्भमा तथ्याङ्क संकलनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







