आज मुलुकको पश्चिमी क्षेत्रमा अत्याधिक वर्षा हुने, सचेत रहन विज्ञहरुको अनुरोध
- भदौ २, २०७८
- 0
सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकामा रातिदेखि नै पानी परिरहेको छ ।
उपत्यकासहित वागमती प्रदेश, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिममा अहिले वर्षा नभए पनि आज पानी पर्ने अनुमान छ ।
अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्र नजिक रहेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज र भोलि दुई दिन नै पश्चिमी क्षेत्रमा धेरै वर्षा हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ ।
केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







