अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौ आइपुगे

news-details

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ।

अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो।

नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो ।

उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए।

अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया