राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन अन्त्य
- साउन ३२, २०७८
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको हो । उहाँले संसदीय संसदको दुवै सदनको चालू अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको बताउनुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँत्याएपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । चालू अधिवेशन प्रतिनिधिसभा पुनर्स्थापनापछिको पहिलो अधिवेशन हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







