उपत्यकामा ९६१ सहित देशभर थपिए ३४५१ जना संक्रमित, एकैदिन २४५८ निको हुदा ३५ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९६१ सहित देशभर थप ३४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख १० हजार ८५३ जना पुगेको छ ।

१० हजार ९३ जनामा पीसीआर परीक्षण गर्दा २५६६ र ५५१८ एन्टिजेन परीक्षणमा ८८५ जना गरी ३४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६७७, ललितपुरका १६७ र भक्तपुरका ११७ जना गरी ९६१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २४५८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०३२७ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया