प्रदेश २ प्रमुखबाट अहिराज हटाइए, नयाँ प्रदेश प्रमुखमा मिश्र शिफारिस
- साउन ३२, २०७८
- 0
सरकारले प्रदेश नम्बर २ मा पनि प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । यसबारे आजको मन्त्रिपरिषद बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।
अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । केपी ओली नेतृत्वको सरकारले गत फागुन ७ मा अहिराज (झा) लाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
महोत्तरीका मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद समेत हुन् । उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए । सरकार फेरबदल भएसँगै प्रदेश प्रमुखको पद पनि फेरिँदै गएको छ । शेर बहादुर देउवा प्रधानमन्त्री भएयता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा प्रमुख फेरिइसकेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







