अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय
- साउन ३२, २०७८
- 0
सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले अफगानिस्ताामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपाली नगरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वायत्मक ढंगले काम गर्न बैठकले निर्देशन दिएको बताउनुभयो ।
त्यस्तै भूतपूर्व गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशन प्रति सरकारको ध्यानाकर्षण भएको समेत उहाँले बताउनुभयो ।
यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यस सम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँले आमरण अनशन फिर्ता लिन भूपूर्व ब्रिटिस गोर्खासँग सम्बन्ध सबैमा आग्रह गर्नुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







