पर्यटन क्षेत्रलाई ध्यान दिन सरकारलाई टानको आग्रह

news-details

सरकारले पर्यटन क्षेत्रलाई हेर्ने परम्परागत दृष्टिकोणलाई परिर्वतन गर्न टानलागयतका बिभिन्न पर्यटनसंग सम्बन्धित संघ संस्थाले सरकारको ध्यानाकर्षण गराएकाछन् । लामो लकडाउनका कारण थलिएको पर्यटन उद्योगलाई गति दिन सरकारले कुनै योजना नल्याएको भन्दै पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने कार्यक्रम ल्याउन माग गरेका छन् ।

लकडाउनको मारमा समेत नेपालको पर्यटन क्षेत्रलाई बचाउन निजी क्षेत्रलाग्दासमेत सरकारले ठोस योजना नल्याउनु दुःखद भएको उनीहरुको ठम्याई छ । सरकारले पर्यटन उद्योगलाई बेवस्ता गर्दा धेरै पर्यटन व्यवसायी पलायन हुने अवस्था सृजना भएको भन्दै पर्यटन क्षेत्रलाई जिवित राख्न उनीहरुले माग गरेका छन् ।

ट्रेकीङ एजेन्सी एशोसीएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले आर्थिक बर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसंग सम्बन्धित नीति तथा कार्यक्रमहरु यथाशिघ्र लागू गर्नु पर्नेमा जोड दिनुभयो ।

सम्पूर्ण पर्यटन व्यवसायीलाई कोभिड बिरुद्धको खोप लागाउन र विश्वको ध्यान पर्यटन क्षेत्रमा केन्द्रीत गरी पर्यटन क्षेत्रमा विश्वसनिय वातावरण सृजना गरी पर्यटकीय क्षेत्रहरु खुल्ला गर्नु पर्ने उनीहरुको सुझाव छ ।

उनीहरुले नेपाल प्रति गलत प्रचार प्रसार भएको भन्दै कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टिन बस्न नपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुहरुमा पीसीआर टेष्टको व्यवस्था गरी पोजिटिभले मात्र क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

स्वास्थ्य प्रोटोकल सम्बन्धमा आशंका भए स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्न उनीहरुको सुझाव छ ।

सीसीएमसीको बैंठकमा पर्यटनसंग सम्बन्धित बिज्ञको सहभागिता नभएको भन्दै पर्यटन सम्बद्ध मूख्य छाता–संगठनका अध्यक्षहरुमध्येबाट प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

कोरोनाका कारणले पर्यटन यातायात संचालन नभएको अवस्थामा सवारी कर पूर्ण रुपले छुट हुनु पर्ने नाटाका अध्यक्ष अच्युत गुराँगाईले बताउनुभयो ।

पर्यटनसंग सम्बन्धित संघ संस्था टान, नाटा, हान, नारा, एनएमए, नारा, टिबिएन, पाटा, एनटीभिए, एचआरएलगायतका संघ संस्थाले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योगलाई बेवस्ता गरे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया