मनराम ग्रुपले दियो दुर्गमका बिद्यालयमा टेलिस्कापलगायतका शैक्षिक सामाग्री
- साउन २९, २०७८
- 0
मनराम ग्रुपले संखुवासभाको तुम्लिङटारस्थित अम्बिका उच्च माध्यमिक बिद्यालयलाई टेलिस्कोप प्रदान गरेको छ ।
शिक्षा क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक भएकाले टेलिस्कोप प्रदान गरीएको हो । मनराम ग्रुपका निर्देशक राजेन्द्र कुमार श्रेष्ठले दुर्गम क्षेत्रमा अध्ययनरत बालबालिकाको शैक्षिक बृत्ति बिकासकोलागि मनराम ग्रुपले निरन्तर काम गर्दे आएको बताउनुभयो ।
बिद्यालयलाई २ लाख रुपैया बराबरको टेलिस्कोपसहित शैक्षिक सामाग्रीसमेत बितरण गरीएको थियो । बिद्यालयमा आज भएको एक कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र घिमिरेलाई टेलिस्कोपसहितका शैक्षिक सामाग्री हस्तान्तरण गरीएको हो ।
टेलिस्कोप जडान गरीएपछि ब्रह्माण्डको बिषयमा खोज अनुसंधान गर्ने बिद्यार्थीहरुलाई सहयोग पुग्ने मनराम ग्रुपका निर्देशक राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
मनराम ग्रुपले देशभरका सरकारी बिद्यालयमा पुस्तकालय स्थापना गरेको छ भने कम्प्यूटर र ल्यापटमसमेत प्रदान गर्दे आएको छ । दुर्गम क्षेत्रमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक विकासकोलागि ग्रुपले छात्रबृत्ति र खेलप्रति बिद्यार्थीको आकर्षण बढाउन खेल सामाग्रीसमेत बितरण गर्दे आएको छ ।
आगामी दिनमा समेत दुर्गम क्षेत्रका बालबालिका पढ्नबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले मनराम गु्रपले बिभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ ।












