सर्वोच्चद्वारा आलमको निवेदन ‘हेर्न नमिल्ने’मा
- साउन २९, २०७८
- 0
पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमको निवेदन हेर्न नमिल्नेमा राखिएको छ ।
सर्वोच्च अदालतले शुक्रबार सुनुवाई हुन नसकेको जनाउदै हेर्न नमिल्नेमा राखेको जनाएको छ ।
२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र मानिसहरुलाई इटा भट्टामा हालेर ज्यान लिएको आरोपमा पूर्वमन्त्री आलम हाल थुनामा रहेका छन् ।
उनले आफू थुनामुक्त हुनु पर्ने भन्दै सर्वोच्च अदालत पुगेका थिए । यसअघि उनलाई रौतहट जिल्ला अदालतले थुन्न आदेश दिएको थियो ।
उक्त आदेशलाई उच्च अदालतले सदर मानेको थियो । सो आदेशका बिरुद्धमा उनी सर्वोच्चमा पुगेका हुन् ।
उनले दिएको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







