लुम्बिनी प्रदेशमा मुख्यमन्त्री केसीसहित सात मन्त्रिले लिए सपथ
- साउन २८, २०७८
- 0
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ९सोनाम० ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएका छन ।
प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्त भएपछि केसीले प्रदेश प्रमुख शेरचन समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन ।
यसैबीच नवनियुक्त मुख्यमन्त्री केसीले सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन । विस्तारित मन्त्रीपरिषदका सदस्यहरुलाई पनि प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको सपथ गराएका छन ।
नवगठित मन्त्रीपरिषदमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीसहित तथा जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जितेका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन ।











