उपत्यकामा ११३३ सहित देशभर थपिए ३२६० जना संक्रमित, एकैदिन २२९४ निको हुदा ३२ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ११३३ सहित देशभर थप ३२६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार ८०६ जनामा पीसीआर परीक्षण गर्दा २४७३ र ४६५६ एन्टिजेन परीक्षणमा ७८७ जना गरी ३२६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ८११, ललितपुरका १९२ र भक्तपुरका १३० जना गरी ११३३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२९४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०२१२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया