लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
- साउन २८, २०७८
- 0
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थनमा केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री शंकर पोखेरलले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
सोही अनुसार आज विपक्षि गठबन्धनले नेकपा माओवादीका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







