लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरूद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
- साउन २७, २०७८
- 0
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमा अन्तरीम आदेश दिन अस्वीकार गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।
सो मुद्दा संवैधानिक इजलासमा पठाउने र कारण देखाऊ आदेश भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए ।
बुधबार न्यायाधीश डा आनन्दमोहन भट्राईको एकल इजलासले लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।
मुद्दा अदालतमा सुनुवाइको क्रममा रहेकाबेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने राजीनामा दिइसकेका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







