परीक्षामा सहभागी हुने विद्यार्थीले पाउने भए कोरोनाविरुद्ध खोप
प्रवेशपत्रका आधारमा यी ४ स्थानबाट खोप लगाउन सकिने
- साउन २७, २०७८
- 0
सरकारले कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड खोप दिने निर्णय गरेको छ । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीहरुलाई प्रवेशपत्रका आधारमा तत्काल खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् । साथै खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेशपत्र साथमा लैजानु पर्ने उनले बताए ।
खोप दिने मिति भने स्वास्थ्य कार्यलयले तय गर्ने उनले बताए । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।










