काठमाडौं उपत्यकामा बिहीबारदेखि राती ८ बजेपछि सवारी सञ्चालनमा रोक (निर्णयको पूर्णपाठसहित)
- साउन २६, २०७८
- 0
बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनन सञ्चालनमा रोक लगाइएको हो । साथै जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको उहाँले बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पछिल्लो केही सातादेखि कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको तर, अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको बताउनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







