मोटरसाइकलको ठक्करबाट इन्स्पेक्टर वाग्लेको मृत्यु
- साउन २६, २०७८
- 0
मोटरसाइकलको ठक्करबाट एकजना प्रहरी निरीक्षक (इनिस्पेक्टर)को मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका इनिस्पेक्टर कपिल वाग्लेको मृत्यु भएको हो ।
नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी ८ बजेतिर लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले इनिस्पेक्टर वाग्लेलाई ठक्कर दिएको नवलपरासी प्रहरीले जानकारी दिएको थियो ।
मोटरसाइकलले ठक्कर दिएपछि इनिस्पेक्टर कपिल वाग्ले गम्भीर घाइते भएका थिए । काठमाडौं बसुन्धाराका वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो ।
वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको छ ।
उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







