तालिका प्रकाशित गरिसकेका परीक्षा नरोक्ने त्रिविको निर्णय

news-details

त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ ।

आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद् बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनु भएको छ ।

हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू संचालन भइरहेका छन् । कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू नगर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिस त्रिविले सुनुवाई नगर्ने भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया