उपत्यकामा ९५१ सहित देशभर थपिए २५४८ जना संक्रमित, एकैदिन २०२९ निको हुदा ५५ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९५१ सहित देशभर थप २५४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ८३ हजार ३५५ जना पुगेको छ ।

९ हजार ३३ जनामा पीसीआर परीक्षण गर्दा २१३७ र ३३४५ एन्टिजेन परीक्षणमा ४११ जना गरी २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ७४०, ललितपुरका १५५ र भक्तपुरका ५६ जना गरी ९५१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०२९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १००९३ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया