आज सत्तारुढ कार्यदलले सरकारको साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउदै

news-details

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइदैछ ।

सत्ता गठबन्धनको कार्यदलले लामो समय लगाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउन लागिएको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको रहेको कार्यदलले सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारेको दावी गरेको छ ।

गठबन्धनमा आवद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतसाग परामर्श गरेर प्रतिवेदन तयार पारिएको हो । प्रधानमन्त्रीलाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया