पहिलो मात्रामा भेरोसेल खोप लगाएकाले साउन २२ देखि दोस्रो मात्रा लगाउन पाउने
- साउन २०, २०७८
- 0
पहिलो मात्रामा भेरोसेल खोप लगाइसकेका व्यक्तिहरूले दोस्रो मात्रामा साउन २२ गतेदेखि खोप लगाउन पाउने भएका छन् ।
गत असार २९ मा पहिलो मात्रामा खोप लगाएकाले दोस्रो मात्रामा खोप लगाउन पाउने भएका छन् ।
५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दोस्रो मात्राको खोप देशैभरबाट लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो मात्राको खोप पाएको २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।
यस्तै विदेश जानेहरूले कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







