जनस्वास्थ्यका माण्दण्ड पालना गर्न र भीडभाडजन्य क्रियाकलाप नगर्न काठमाडौ प्रशासनको आग्रह
- साउन १९, २०७८
- 0
काठमाडौं उपत्यकामा कोरोनाको संक्रमणदर उच्च बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत रहन सबैलाई अनुरोध गरेको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै अस्पतालहरुमा भेन्टीलेर आइसियू र आकस्मिक सेवाका बेडहरुको चाप बढ्दै गएको समेत बताएको छ ।
कोरोना संक्रमण दर घटाउनमा सवै पक्ष र समुदायको उतिकै जिम्मेवारी भुमिका रहने भएकोले जनस्वास्थ्यका माण्दण्ड सबैले पालना गर्न आग्रह गरिएको छ ।
तर निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको बर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप भएको भन्दै त्यसो नगर्न प्रशासनले अनुरोध समेत गरेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगरेको अवस्थामा तेस्रो लहर समेत आउने सम्भावना त्यतिकै भएकोले सवैलाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








