एमाले स्थायी कमिटी बैठकद्धारा ९ विभाग गठन

news-details

नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सोमबार साँझ बसेको स्थायी कमिटी बैठकले ९ वटा विभाग गठन गरेको हो । विभागमा माधव नेपाल पक्ष समेटिएको छैन ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले २५ मध्ये ९ विभागमात्रै गठन भएको जानकारी दिनुभयो । एमालेले संगठन विभागमा विष्णु पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभाग विष्णु रिमाल र प्रचार विभागमा प्रदीप ज्ञवालीलाई प्रमुख तोकेको छ ।

स्थायी कमिटी बैठकले पर्यटन विभागमा भानुभक्त ढकाल, स्कुल विभागमा केपी शर्मा ओली, विदेश विभागमा डा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल र स्थानीय तह विभागको नेतृत्व देवेन्द्र दाहाललाई दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया