पूर्वमाओवादीका ४ नेताले सांसद पद पुनर्बहालीको लागि दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
- साउन १८, २०७८
- 0
सर्वोच्च अदालतले पूर्व माओवादीका चार सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सो आदेश गरेको हो ।
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रदेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहको सांसद पद पुनर्वहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।
एमालेका चार पूर्वनेताले आफूहरु माओवादीमा हुँदाको सांसद पद पुनर्वहाली गरिपाउ भन्दै यही साउन १३ गते सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।
हेर्नुहोस फैसलाको पूर्णपाठ
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







