एमाले स्थायी कमिटी बैठक आज बस्दै
- साउन १७, २०७८
- 0
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा स्थगित भएको थियो । कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिको कार्यान्वयनका लागि थप छलफल पछि बैठक राख्न आग्रह गरेपछि बैठक स्थगित गरिएको थियो ।
कार्यदलमा दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको बताइएको छ । दुई अध्यक्षका विषयमा भने अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सकारात्मक देखिएका छैनन् ।
दोस्रो तहका नेता जसरी पनि पार्टीलाई एक गराउनुपर्ने पक्षमा देखिदा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल भने एक अर्कामाथि गाली गलौजमा उत्रिरहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







