जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
- साउन १६, २०७८
- 0
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन ।
पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको सांसद् मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
पूर्वप्रधानमनत्री एवं संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए भने सांसद् महेन्द्र यादवले समर्थन गरेका थिए । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







