कोरोना भाइरसको डेल्टा भेरियन्ट १३२ देशमा फैलियो : डब्लुएचओ
- साउन १५, २०७८
- 0
एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ ।
यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ ।
कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको संख्या पनि बढेको छ ।
डब्लुएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।
संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुमा संक्रमितको संख्या बढिरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







