उपत्यकामा ८६० सहित देशभर थपिए ३३६५ जना संक्रमित, एकैदिन १३७३ निको हुदा १६ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८६० सहित देशभर थप ३३६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ५० हजार २२ जना पुगेको छ ।

९ हजार ५५५ जनामा पीसीआर परीक्षण गर्दा २३३५ र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५९७, ललितपुरका १५५ र भक्तपुरका १०८ जना गरी ८६० कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३७३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९८०७ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया