राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

news-details

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई शपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराउनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया