मन्त्रिपरिषद् बिस्तार र सरकारको साझा कार्यक्रमबारे छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै
- साउन १४, २०७८
- 0
सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ ।
मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने विषयमा गठबन्धनका शिर्ष नेताहरूले हिजो पनि छलफल गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार आज बिहान बस्ने बैठकले गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डाको टुंगो लगाउने संभावना छ ।
प्रायः सबै दलबाट मन्त्री छान्ने काम शीर्ष नेताहरूले पाइसकेका छन् । देउवा सरकारमा अहिले चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ ।
नेता नेपाल पक्षका सांसदहरू सरकारमा जाने कि नजाने भन्नेमा दुई धारमा विभिाजत छन् । जनमोर्चाले आफूहरू सरकारमा नजाने बताइसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







