गुल्मीमा जीप दुर्घटना, तीनजनाको मृत्यु, सात घाइते
- साउन १३, २०७८
- 0
गुल्मीको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार मध्याह्न मुसीकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५६५ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी उपरीक्षक गोपाल चन्द भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको समेत उहाँले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







