झापामा मोटरसाइकल दुर्घटना, पति–पत्नीको मृत्यु
- साउन १३, २०७८
- 0
झापा जिल्लाको दमकमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सुरुङ्गामा हेवन होटलका संचालन गर्दै आएका पूर्णबहादुर विष्ट र उनीकी पत्नी हिमा विष्टको दुर्घटनामा मृत्यु भएको हो । सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
मंगलवार राति साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ वर्षीय पूर्णबहादुर र उनकी श्रीमती ३६ वर्षीया हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो । उनीहरूको घाइते अवस्थामा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







