आज सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने
- साउन १३, २०७८
- 0
सत्तारुढ गठबनधनको बैठक आज बस्दैछ । विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।
गठबनन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ।
जसपाले आधिकारिकताको टुंगो लागेपछि सरकारमा जाने बताएकाले बुधबार गठबन्धनको बैठक बोलाइएको हो। जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ। गठबन्धनका अरु दलबीच मन्त्रालयको भागबण्डा मिलाउने र आ आफ्नो दलबाट मन्त्री छानेर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







