प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता
- साउन १२, २०७८
- 0
प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले टेलिफोन वार्ता गर्नुभएको छ ।
सो अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रम देउवाले हालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको पन्ध्र लाख कोभीड–१९ भ्याक्सिन लगायत नेपाल–अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गर्नुभएको नेपालस्थिन अमेरिकी दूतावासले जनाएको छ ।
उहाँहरूबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल भएको थियो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







