संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
- साउन १२, २०७८
- 0
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ।
नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ। बैठकमा सभामुखले पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज एक बजे नै बस्ने संसद सचिवालयले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







