उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

news-details

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकताको मान्यता यादव पक्षलाई दिइएको जानकारी दिए ।

सोमबार आयोगले सनाखतका लागि बोलाएपछि जसपाका सबै ५१ केन्द्रीय कार्यकारिणी सदस्यहरु उपस्थित भएकामा ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका थिए । रेशम चौधरी भने तटस्थ बसे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया