रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज गरौ, धर्मनिरपेक्षताबारे जनमतसंग्रह (प्रस्तावको दस्तावेजसहित)

news-details

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न प्रस्ताव गरेका छन्। मार्ग परिवर्तन विचारभन्दा नामक अवधारणा पत्र पार्टीमा छलफलको प्रस्ताव पेस गर्दै यसबारे छलफल गर्न माग गरेका हुन्।

उनको प्रस्तावमा भनिएको छ, ‘एकातिर संघीयता नै चित्त नबुझिरहेको अवस्थामा संघीयतामा थप आर्थिक भार, भ्रष्टाचार र असक्षमताका हाँगाबिँगा मौलाउँदै जाँदा आम सर्वसाधारणमा संघीयता प्रति वितृष्णा बढ्दै जानु स्वाभाविक थियो। आर्थिक वर्ष २०७८/७९ को कुरा गर्ने हो भने, कूल राष्ट्रिय बजेटको झण्डै २४ प्रतिशत स्थानीय र प्रदेश तहका लागि विनियोजन गरिएको छ।’

प्रदेश तह नै अर्थहीन सरह भएको र त्यसले केवल खर्च भार मात्र बढाएको कतिपय विज्ञहरूको राय रहेको उनको भनाइ छ।

प्रस्तावमा भनिएको छ, ‘राजनीतिक विचारका हिसाबले म धर्म निरपेक्षता वादी व्यक्ति हुँ। तर धरातलीय यथार्थलाई नजरअन्दाज गरेर विचारको कोरा अनुशरण गर्न खोज्दा समाजहरु ध्वस्त भएका धेरै उदाहरण छन्। धरातलमा लागू हुन नसक्ने विचार आकाशमा बतासिन्छ।’

धर्म निरपेक्षतामा राज्यले सबै धर्मको सम्वर्द्धन गर्दै नेपालको संविधानमा धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने उल्लेख छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया