उपत्यकामा ९९९ सहित देशभर थपिए ३४२१ जना संक्रमित, एकैदिन १६८६ निको हुदा २५ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९९९ सहित देशभर थप ३४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ३८ हजार ९१८ जना पुगेको छ ।

१२ हजार २४० जनामा पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६७७, ललितपुरका १९७ र भक्तपुरका १२५ जना गरी ९९९ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६८६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९७३८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया