विदेश जाने श्रमिक र विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन दुई अस्पताल तोकियो

news-details

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीको हकमा कोरोनाविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जनाएको छ । साथै मन्त्रालयले खोप लगाउनको लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने जनाएको छ ।

अबदेखि विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक पर्ने यी दुई अस्पतालमा गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय विभिन्न देशहरुले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई कोरोना खोप अनिवार्य गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया