गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल
- साउन १०, २०७८
- 0
गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ । कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको जनाइएको छ ।
शुक्रवार मन्त्रालयले त्यसबारे निर्णय गरेको हो । सह–सचिव पोखरेलले तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गरेका थिए । उनले गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यभार समालेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







