काँग्रेसको वडा तहका अधिवेशन स्थगित
- साउन ९, २०७८
- 0
सत्तारुढ नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा आगामी साउन १२ गतेदेखि वडास्तरको अधिवेशन हुने तयारी रहे पनि सो समयमा अधिवेशन स्थगित गर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।
आगामी साउन १२ गते क्रियाशिल सदस्यता छानबिन समितिले क्रियाशिल सदस्यता र मतदाता प्रतिनिधिहरुको अन्तिम प्रतिवेदन पार्टीको केन्द्रीय समितिलाई बुझाउनेछ ।
तर, नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित समयतालिका भने नसर्ने पौडेलले बताउनुभयो ।
काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने बताउँदै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







