उपत्यकामा ६१३ सहित देशभर थपिए २९७७ जना संक्रमित, एकैदिन १६७८ निको हुदा १८ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६१३ सहित देशभर थप २९७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ३० हजार १४६ जना पुगेको छ ।

१३ हजार ६९८ जनामा पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४१०, ललितपुरका १३४ र भक्तपुरका ६९ जना गरी ६१३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६७८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९६७९ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया